मेरो बारेमा

मेरो यात्रा

म रेक बहादुर माश्राङ्गी हाल काठमाडौं, नेपालमा बसोबास गर्दै आएको छु। विगत वि.सं. २०६५, माघ देखि नेपाल सरकारका विभिन्न कार्यालयहरूमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत छु । यस अवधिमा कार्यालय प्रशासन, अभिलेख व्यवस्थापन, डाटा व्यवस्थापन, कर सम्बन्धी अभिलेख विश्लेषण, प्रतिवेदन तयारी तथा सार्वजनिक सेवासँग सम्बन्धित विभिन्न जिम्मेवारीहरू निर्वाह गर्ने अवसर प्राप्त गरेको छु ।

सरकारी सेवासँगै सूचना प्रविधिप्रतिको मेरो रुचि निरन्तर बढ्दै गयो। सुरुमा निजी माध्यमिक विद्यालयमा शिक्षण कार्यबाट सुरु गरी कार्यालयको सामान्य कागजपत्रहरु टाईपिङ्ग, प्रिन्टिङ्ग बाट सुरु भएको मेरो जागिरे यात्रा म अहिले आधुनिक Web Development प्रविधिहरू सिक्दै व्यावसायिक स्तरका वेब एप्लिकेसनहरू निर्माण गर्ने अभ्यास गरिरहेको छु । नयाँ कुरा सिक्ने, समस्या समाधान गर्ने र प्रयोगकर्तालाई उपयोगी हुने प्रणाली विकास गर्नु मेरो मुख्य रुचि हो ।

हाल React, Next.js, Node.js, Laravel, PHP, MongoDB, MySQL र PostgreSQL जस्ता प्रविधिहरूसँग काम गर्दै आफ्ना सीपहरूलाई अझ मजबुत बनाइरहेको छु । विशेष गरी सहकारी व्यवस्थापन प्रणाली, कार्यालय व्यवस्थापन प्रणाली तथा वास्तविक जीवनमा प्रयोग हुने वेब एप्लिकेसनहरू विकास गर्न रुचि राख्छु ।

प्रयोग गर्न सजिलो हुने प्रणाली विकास गर्न तथा दीर्घकालसम्म मर्मत र विस्तार गर्न सकिने समाधान निर्माण गर्ने गरी कार्यालयमा लागिरहेको छु । हरेक प्रोजेक्टलाई सिकाइको अवसरका रूपमा लिँदै गुणस्तरीय, भरपर्दो र व्यावहारिक समाधान विकास गर्ने प्रयास गरिरहेको छु ।

काठमाडौं, नेपाल
WB
कार्य अनुभव

मेरो पेशागत यात्रा

२०८२/१२/०६ देखि हालसम्म

कम्प्युटर अपरेटर

आन्तरिक राजस्व कार्यालय, कोटेश्वर, काठमाडौं

२०७६/०६/०१ देखि २०८२/१२/०५ सम्म

कम्प्युटर अपरेटर

करदाता सेवा कार्यालय, गाईघाट

२०७५/०७/१९ देखि २०७६/०५/३० सम्म

कम्प्युटर अपरेटर

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी

२०६५/१०/२३ देखि २०७५/०७/१८ सम्म

कम्प्युटर अपरेटर

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, उदयपुर